शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

कांग्रेस सांसदको प्रश्न: माधव नेपाललाई विदेश पठाउने, हाम्रा नेतालाई मात्र पक्राउ गर्ने ?

सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले कांग्रेसका नेताहरुलाई मात्र छानिछानी धरपकड गरिरहेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
संसद भवनको ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकमा बोल्दै उनले माधव नेपाललाई विदेश पठाएर कांग्रेस नेताहरूलाई मात्र टार्गेट गरिएको बताए ।

- Advertisement -

राणाले भने, ‘हाम्रो पार्टी सरकारमा छ । तर, हामी सरकारमा भइरहँदा हाम्रा नेताहरूलाई मात्र किन टार्गेट गरिएको छ । पहिले बालकृष्ण खाणलाई पक्राउ गरियो, अहिले विजय गच्छदारलाई पक्राउ पूर्जी जारी गरिएको छ, सांसद सुनिल शर्मालाई समातिएको छ । जबकी कम्युनिष्ट नेताहरूको संलग्नताका काण्डहरू आउँदा पनि ढुक्कले अदालतको आदेश आइसक्दा पनि विदेश भ्रमणमा जान दिइएको छ ।’
सांसद राणाले कांग्रेस नेतालाई पक्राउ गर्न पक्राउ पुर्जी समेत नलिने गरेको बताए । दलको बैठकमा लगातार कांग्रेस नेताहरूलाई लक्षित गरेर धरपकड गरिएकोमा सांसदहरूले आपत्ति जनाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -