बीरगन्ज, २७ साउन – जनता समाजबादी पार्टीका प्रमुख सचेतक प्रदीप यादबले पहिचान र संघियता दिलाउँदै मधेसलाई समृद्धिको पाइलामा अघि बढाउने पार्टी जसपा मात्रै भएकाले यसमा गोलबद्ध हुन सबैलाई आह्वान गर्नु भएको छ ।
शनिबार बिहान बीरगन्ज वडा नं। १४ को वडा इकाई कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री समेत रहनु भएका सांसद यादबले यस्तो आह्वान गर्नु भएको हो ।
उहाँले कठीन समयमा पनि मधेस र मधेसीको हक हितका लागि लड्ने पार्टी जसपा मात्रै भएकाले यसमा जुटेर बांकी रहेका अधुरा सपनालाई साकार पार्नु पर्ने आवश्यकता रहेको पनि औंल्याउनु भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टी एक ढिक्का हुने गरि चलायमान बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली व्यक्तित्वले पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई सांसद यादब र मेयर सिंहले टीका तथा फुलमाला लगाउँदै पार्टी प्रवेश गराउनु भएको थियो । सांसद यादव र मेयर सिंहको काम देखेर आफुहरु प्रभावित भएको भन्दै कांग्रेस छाडेर जसपा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी रहनु भएका समसेद अख्तर सहितको टोली जसपा प्रवेश गरेको हो । पार्टी प्रवेस गराउँदै सांसद यादवले जसपामा प्रवेश गर्ने हरेक नेता कार्यकर्तालाई पार्टीले सही मुल्यांकन गरेर उचित जिम्मेवारी सुम्पने पनि बताउनु भयो ।
परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका समसेदज्युको प्रवेशले जसपालाई थप शसक्त बनाउनुका साथै नयाँ अभिभावक पनि पाएको भन्दै सांसाद यादवले खुशी व्यक्त गर्नुभयो ।
जसपमा प्रवेश गर्नुभएका अख्तरले संघीयता, विकास र समृद्धिको पक्षधर जसपा नै भएको र यसैले मात्रै मधेसको हित गर्ने भएकाले आफुले जसपा रोजेको प्रतिकृया दिनुभयो । मधेसको पहरेदार जसपा नै भएको र जसपाकै कारण मधेसी, मुस्लिम आदिवासीले पहिचान र अधिकार पाएकाले आफू लगायतको आफ्नो नेतृत्वको टोली जसपमा प्रवेश गरेको उहाँले बताउनु भयो ।