सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

वीरगन्जमा मुख्यमन्त्री सिंहद्वारा मधेश...

वीरगन्ज,३१ भदाै । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको गठन...

पाकिस्तानका १० सांसदलाई जमानत...

एजेन्सी,३१ भदाै। पाकिस्तानको एक आतंकवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका...

कास्कीमा डेङ्गी सङ्क्रणबाट ३...

गण्डकी,३१ भदाै । डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का...

सहकारी छानबिन समितिको प्रतिवेदन...

काठमाडौं, ३१ भदाै । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको...
26.1 C
Kathmandu
27.3 C
Birgunj

हेटौंडा-काठमाडौं छोटोदुरीका सबै सडक अवरुद्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मकवानपुर,२८ साउन । हेटौंडाबाट काठमाडाैँ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो।

- Advertisement -

भीमफेदी-२ भैंसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौं सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो। त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी-९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ।

- Advertisement -

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए।

त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका-११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। हेटौँडा-काठमाडौँ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। भारी वर्षाका कारण हेटाैंडा-४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्तीमा पसेको छ। गर्दोही क्षेत्रमा रहेका केही घर डुवानमा परेको प्रहरीले जनाएको छ।

खोलामा पानीको बहाव बढ्नेक्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ। विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार