शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

सुन तस्करी रोक्न कर तिरेर ल्याउने बाटो खुला गरौं : देउवा

सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी रोक्न भए पनि कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

- Advertisement -

कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकमा बोल्दै देउवाले कर छलेर अवैध बाटोबाट ल्याउन खोज्दा तस्करी बढेको भन्दै अब कर तिरेर भन्सारबाटै सुन ल्याउने व्यवस्था गर्नु पर्नेमा जोड दिएका हुन् । कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ छ ।

यसैगरी देउवाले अवैध सुन तस्करीको छानबिन राज्यका निकायबाटै हुनुपर्ने उल्लेख गरे।

- Advertisement -

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको सन्दर्भमा कांग्रेसले अहिलेलाई सीआईबीले नै सुन तस्करीको छानबिन गर्ने निष्कर्ष निकालेको छ

एमालेको माग सम्बोधन नहुँदा गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध भइरहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -