काठमाडौं । गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको अवैध सुनको परिमाण यकिन भएको छ। ब्रेक शुको प्याकेटका रुपमा बरामद गरिएको सुन जोख्दा ६० किलो ७७९ ग्राम निस्किएको हो।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज सुन जोखिएको थियो। १ सय ६० वटा ब्रेक शु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६१ किलो पाइएको हो। अब त्यो सुनलाई यिनै निकायका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे गालिने बताइएको छ ।
यो प्रकरणमा हालसम्म १८ जनालाई पक्राउ गरिएकोमा १७ जना सीआईबीको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ।