शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

बीरगन्जबाट परीक्षामा चिट चोर्न सहयोग गरेको आरोपमा दुई जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३१ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्न सहयोग गरेको आरोपमा बीरगन्जबाट दुई जना पक्राउ परेका छन् ।

- Advertisement -

बीरगन्ज महानगरपालिका – ३ बिर्तास्थित श्री त्रिजुद्ध रघुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयमा जारी बीबीएस दोस्रो वर्षको परीक्षा दिइरहेकी आफ्नो बुहारीका लागि चिट लिएर जाने र परीक्षा हलसम्म चिट पुर्‍याउन सहयोग गर्ने दुई जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मोहन प्रसाद यादव र विनोद कुमार स्वर्णकार रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर प्रसाद सिवाकोटीले बताए । इन्स्पेक्टर सिवाकोटीका अनुसार परीक्षामा सहभागी बुहारीका लागि उत्तर लेखेको कागजसहित दुवैलाई प्रहरीले पक्राउ गरेको थियो ।

- Advertisement -

यादवले चिट लेखिएको कागज लगेर स्वर्णकारलाई दिँदै गरेको अवस्थामा उनीहरूलाई रङ्गे हात पक्राउ गरिएको इन्स्पेक्टर सिवाकोटीले बताए । उनका अनुसार स्वर्णकार त्रिजुद्ध स्कुलमै कार्यरत शिक्षक हुन् भने हाल परीक्षामा पर्यवेक्षकका रूपमा खटेका छन् । त्यस्तै यादव ठाकुरराम बहुमुखी क्याम्पसको पूर्व कर्मचारी हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -