आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

बाढी पीडितलाई राहत दिन...

काठमाडौँ,३० असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा...

गृह मन्त्रालयमा मेरो नजर...

काठमाडौं,३० असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह...

अशोक राईले मागे यसअघि...

काठमाडौं,३० असार । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने...

जलेश्वरका प्रमुखले पाए सफाइ

जलेश्वर,३० असार । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख...
29.1 C
Kathmandu
37.2 C
Birgunj

सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर जानुपर्दैनः प्रधानमन्त्री प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन् ।

- Advertisement -

बुधबार अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले छोटो समयमा ३ लाख श्रमिकहरु यसमा आवद्ध हुनु निकै नै गर्वको कुरा भएको बताएका हुन् ।

उनले भने, ‘औपचारिक क्षेत्रका निजी संगठित संस्थाबाट सुरु हुँदै वैदेशिक रोजगारका क्षेत्रमा समेत सफल कार्यान्वयन भइसकेको सामाजिक सुरक्षा अभियानको योजनामा आजदेखि ‘अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसमेत जोडिन पुगेका छन् । त्यसैले आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश दिएको छ ।’

- Advertisement -

प्रधानमन्त्री दाहालले सरकार यसको लागि यस्ता कार्यमा अग्रसर रहने प्रतिवद्धता पनि जनाए । अनौपचारिक क्षेत्रका श्रमिकहरुको हकमा समेत राज्यको योगदानलाई कार्यन्वयनमा ल्याउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।

‘औपचारिक क्षेत्रका सबै श्रमिकहरूलाई अनिवार्यरूपमा कोषमा आबद्ध गराउने उद्देश्यले प्रतिष्ठानहरूको दर्ता, नवीकरण, कर प्रणाली, खरिद प्रक्रियामा सहभागिता लगायतका विषयमा नीतिगत समन्वयका लागि पहल गरिने छ। कोषको क्षमता अभिबृद्धि गरी यसको विश्वसनीयता र अपनत्व कायम गर्न सरकारी करार र ज्यालादारीमा रहेका श्रमिकहरूलाई चरणवद्धरुपमा कोषमा आवद्ध गराउने कार्य सुरु गरिनेछ ।’ उनले भने ।

प्रधानमन्त्री दाहालले यसलाई ईतिहासले सुम्पेको गहन जिम्मेवारिको रुपमा लिएको उल्लेख गरेका छन् । सामाजिक सुरक्षा सामान्य अवधारणा मात्र नभई नागरिकले विना भेदभाव शिक्षा सवास्थ्य रोजगारी अवसर सहुलियत र सम्मान प्राप्त गर्ने अवसर निमार्ण गर्दै समाजवाद निमार्णको महाअभियान भएको उनको भनाइ छ ।

सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने एउटा मुख्य रणनीति भएको पनि उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले यही अवधारणाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा समाजका बिभिन्न तह र तप्काको सामाजिक सुरक्षाका लागि कैयन् अभियान सञ्चालनमा रहेका बताए ।

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार