शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

नारायणी अस्पतालमा बिरामीको अप्रेशन निःशुल्क गराउने सांसद चौरसियाको घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३२ साउन । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य अजय चौरसियाले बीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको शल्यकृया (अप्रेशन) पनि निःशुल्क गराउने घोषणा गरेका छन् ।

- Advertisement -

बीरगन्जमा बिहीबार आयोजित नेपाली कांग्रेसको क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका चौरसियाले यस्तो घोषणा गरेका हुन् । सांसद चौरसियाले नारायणी अस्पतालमा उपचारका लागि आउने पर्सा जिल्लाको बिरामीको शल्यकृयासमेत निःशुल्क गराउनका लागि आँफु लागिरहेको बताए । उनले भने,‘ यसका लागि मैले स्वास्थ्यमन्त्रीसंग कुरा गरिसकेको छु । यदि स्वास्थ्य मन्त्रालयले मानेन भने म आफनो संसदीय विकास कोषबाट १ देखि डेढ करोड रुपैयाँ नारायणी अस्पताललाई दिन्छु ।

सांसद चौरसियाले पर्साको विन्दवासिनीमा बृद्धा आश्रम र अनाथ बालबालिकाको लागि सुविधासम्पन्न विद्यालय निर्माणका लागि आफुले प्रकृया थालिसकेको जानकारीपनि गराए । यस्तै क्षेत्र नम्बर २ का दुई स्थानमा २५ शैयाको अस्पताल निर्माण गर्ने योजनापनि आफनो रहेको उनले बताए ।

- Advertisement -

पर्सा जिल्ला र समग्र मधेसका जनताको समस्याका बारेमा आफुले संसदमा पटक पटक आवाज उठाउदै आएकोपनि चौरसियाले जिकिर गरे ।

फरक प्रसङ्गमा बोल्दै सांसद चौरसियाले वर्तमान सरकारले कांग्रेसलाई बदनाम र कमजोर बनाउने षडयन्त्रतहत काम गरिरहेको आरोपपनि लगाए । भ्रष्टचारको फाइल खोल्ने बहानमा सरकारले कांग्रेसका नेताहरुलाई छानी छानी झुठा मुद्धा लगाएर थुन्ने काम सरकारले गरिरहेकोपनि उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नै नरहेका कांग्रेसका नेता एंव पूर्व गृहमन्त्री बालकृष्ण श्रेष्ठलाई झुठा आरोप लगाएर सरकारले फसाएकोपनि चौरसियाले बताए ।

कांग्रेस क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनको अध्यक्षता र कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको सम्मेलनलाई मधेस सरकार पूर्वमन्त्री ओमप्रकाश शर्मा, कांग्रेसका जिल्ला सभापति एंव प्रदेश सभा सदस्य जनार्दनसिंह क्षेत्री , प्रदेश समा सदस्य श्याम पटेल , कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतका नेताले पनि सम्बोधन गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -