बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

पटेर्वासुगौलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३२ साउन । पर्साको पटेर्वासुगौली गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी जयनाथ सिंहका १६ वर्षीय छोरा राहुल कुमार सिंह रहेका छन् ।

- Advertisement -

सिंह सवार मोटरसाइकल बिहीबार बिहान पटेर्वासुगौली – ५ निचुटाहाको सडक खण्डमा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीका अनुसार सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

- Advertisement -

मृतक सिंहको शवको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागी बीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको छ । उनको मोटरसाइकल भने इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर केशरीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -