शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

६० केजी सुन प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ– ६० केजी सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

- Advertisement -

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गएराति काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरूको नाम खुलाएको छैन ।

प्रहरीले गएको बुधबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

- Advertisement -

प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ ।

राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक शुबाट बरामद गरिएको सुन मङ्गलवार गालिएपछिको तौल ६० किलो ७ सय १६ ग्राम छ ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -