बीरगन्ज,२ भदौ – बीरगन्ज सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ ।
एसपी थपलियाको शनिवार दिउँसो १ बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको हाे । बीरगन्जकाे मेडीसिटी वयोधा अस्पतालमा थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रमुख (एसपी) कोमल विक्रम शाहले बताए ।
शनिवार बिहान साईकलमा गढीमाई गएर आउनु भएका एसपी थपलियाको दिउँसो १ बजेको करिबमा हृदयाघातबाट मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकार हिरालाल रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार साईक्लिङ्ग गरेर आएपछि एकछिन आराम गर्नुभएको उहाँ आराम गरेकै ठाउँमा अचेत हुनु भएको थियो । उपचारका लागि बीरगन्ज मेडीसिटी वयोधा अस्पतालमा लगिएकोमा अस्पताल पु¥याउनु भन्दा पहिले नै थपलियाको मृत्यु प्रजिअ रेग्मीले बताउनुभयो ।
उहाँको शव अहिले मेडिसिटी बयाधा अस्पतालमा नै राखिएको छ । सशस्त्र प्रहरी बल नम्बर २ मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिप्रन्द्र साह पनि अस्पताल आईरहनु भएको र उहाँ आएपछि परिवारसँग सल्लाह गरेर शव केमा लाने हो भन्ने सल्लाह भईरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।
नुवाकोट स्थायी घर भएका थपलिया सात महिना अघि मात्रै पर्साको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटरमा गणपतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।