काठमाडौँ । आइतबार (आज)का लागि बोलाइएको समाजवादी मोर्चाको बैठक सरेको छ।
आइतबार साँझलाई बोलाइएको चार दलीय समाजवादी मोर्चाको बैठक भोलि (सोमबार) बिहान साढे सात बजे बस्नेगरी स्थगित भएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार प्रसार विभागले जनाएको छ।
यसअघि मोर्चाको बैठक आइतबार साँझ ६ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बस्ने तय भएको थियो । मोर्चाको अब बस्ने बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने बताइएको छ ।
- Advertisement -
आलोपालो प्रणाली अनुसार मोर्चाको बैठक अहिले नेता माधवकुमार नेपालको अध्यक्षतामा बस्दै आएको छ ।
मोर्चामा सत्तारुढ माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।