शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

अर्थमन्त्री महत क्यानडा प्रस्थान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०४ भदाै ।अर्थमन्त्री डा. प्रकाशशरण महत पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को सातौं सभामा भाग अर्थमन्त्री महत आइतबार राति साढे ९ मा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

- Advertisement -

अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् ।

यस्तै, वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थ मन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि टोलीमा सहभागी छन् । अर्थमन्त्री महतले उक्त सभामा भाइस प्रेसिडेन्टका रूपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ । सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ ।

- Advertisement -

क्यानडा बसाइको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर–आवसीय नेपाली र अन्य दातृ निकायका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -