शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा, काठमाडौंमा भूपेन्द्र खत्री

सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवा भएको छ । गृहमन्त्रालयले एसएसपी दानबहादुर कार्कीको प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत खत्रीलाई काठमाडौं परिसरको नेतृत्वमा ल्याइएको छ।

- Advertisement -

यसैगरी अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ।

त्यहाँका एसएसपी मनोज केसीको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेर राठौरलाई ल्याइएको हो।

- Advertisement -

निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ। यसअघि सरकारले ६ जना एआईजीपीको सरुवा गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -