शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

जनकपुरधाममा झुलनोत्सव पर्वको रमझम

सिफारिस

जनकपुरधाम, भदौ ५ ।

- Advertisement -

प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि मिथिलाञ्चलसहित तराई– मधेशका जिल्लामा रहेका मठ मन्दिरहरूमा मनाइने झुलनोत्सव पर्वको रमझम जनकपुरमा सुरु भएको छ ।

आइतबार साँझ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको बाह्र बिघा रङ्गभूमि मैदानमा मणिपर्वविधि सम्पन्न भएपछि प्रत्येक राति झुलनोत्सव पर्व मनाइने गरिन्छ ।

- Advertisement -

साउन शुक्ल तृतीयाबाट सुरु भई पूर्णिमासम्म १५ दिन मनाइने यस पर्व साउनमा अधिकमास परेकाले ढिलो सुरु भएको हो । तिथिको हिसाबले भने त्यही रहेको संस्कृतिविद् बताउँछन् । जनकपुरधामको जानकी मन्दिरसहित अन्य मठ मन्दिरमा हिजोदेखि झुलनोत्सव सुरु भएको छ ।

भगवान् श्रीरामजानकीसहितका देवीदेवतालाई झुलामा सजाएर राखी झुलाउँदै भजनकिर्तनसहित प्रत्येक साँझ मठमन्दिरमा पूजाआराधना गरी यो पर्व मनाइन्छ ।

तराई मधेशमा कृषि रोपाइँ सकिने बितिकै झुला उत्सवको रौनक सुरु हुन्छ । यस क्रममा प्रत्येक मठमन्दिरमा कजरी र मलार जस्ता गीतको स्वर लहरी सुनिन्छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोसन दास बैष्णवले झुलनोत्सव पर्व मिथिलाञ्चल क्षेत्रसहित भारतको विहार राज्यको तिरहुत, जनकपुरको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठलगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा, रौतहट, सप्तरी, पर्सा, बाराका विभिन्न मठ मन्दिरमा धुमधामका साथ मनाइने धार्मिक परम्परा रहेको बताए । गाउँले लोकजीवन, हावापानी र माटोसँग प्रत्यक्ष सम्बन्ध राख्ने झुलनोत्सव मैथिली परम्पराको मौलिक संस्कृति रहेको छ ।

यस पर्वको अवसरमा प्रत्येक मठ मन्दिरमा मणिपर्वत पर्व हर्षोल्लासका साथ सम्पन्न गरिन्छ । पर्व सुरु हुनुभन्दा अगाडि मठ मन्दिरबाट लावालस्कर बाजागाजा तथा मङ्गलगानसहित धार्मिक जुलुस निकाली पर्वको सुरुवात गरिन्छ ।

मणिपर्वत पर्व भगवान् राम र सिताको शुभविवाह कै पालादेखि मनाइँदै आइएको पण्डित इन्द्रकान्त झा शास्त्रीले बताउनुभयो । उहाँका अनुसार झुला उत्सवको पहिलो दिनलाई मणिपर्वतको झुला भनिन्छ । उक्त दिन जनकपुरधामका ५२ कुटीबाट डोलामा रामसीताका मूर्ति राखि रङ् गभूमिमा ल्याएपछि जानकी मन्दिरका महन्तद्वारा उत्सवको शुरुवात गरिन्छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -