शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

१७ घण्टापछि खुल्याे नारायणगढ–मुग्लिङ सडकखण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भरतपुर,०५ भदाै । नारायणगढ–मुग्लिङ सडकखण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरोले अवरुद्ध बनेको सडक १७ घण्टापछि सञ्चालनमा आएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो पन्छाएर अहिले १ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो ।

- Advertisement -

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको थियो । तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरेका हुन् ।

पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान छ । करिब ६०–७० मिटर माथिबाट पहिरो झरेको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -