काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति विस्तार भएको छ । आनन्द ढुंगाना नेतृत्वको समितिमा चारजना केन्द्रीय सदस्य मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले अनुशासन समिति सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जय गौतम र राजीव कोइरालालाई मनोनयन गरेका हुन् ।
मनोनीतमध्ये कोइराला र गौतम शेखर गगन समूहका हुन् । यस्तै देउवाले केन्द्रीय निर्वाचन समितिको सदस्यमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई मनोनयन गरेका छन् ।