बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

मेटमणिलाई ओलीको जवाफ- ‘माकुराको जालोमा भैँसी पर्दैन’

सिफारिस

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानुनभन्दा बाहिरबाट कुनै निर्णय नगरेको दाबी गरेका छन्। बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने आफू पदमा रहँदा गरेका कुनै पनि काम कारबाही कानुनविपरित नभएको जिकिर गरे । उनले भने, ‘कानुनले केपी ओलीलाई हतकडी लगाउने कुनै ठाउँ राखेको छैन, राख्दै राख्दैन ।’

- Advertisement -

उनले कुनै गल्ती नगरेकैले आफू ढुक्कले बोल्ने गरेको पनि बताए । ‘मलाई थाहा छ विरोधीहरू छन् । तिनले पाएसम्म सत्यका विरुद्ध काम गर्छन् । म सतर्क छु कानुनी रूपमा पनि कतै एक शब्द नचिप्लियोस् भनेर । म प्रधानमन्त्री, गृह र परराष्ट्र मन्त्री हुँदाका मेरा काम कारबाहीहरू कानुन पल्टाइपल्टाई फैसला र निर्णय गर्ने गरेको छु’, ओलीले भने, ‘त्यसकारण यिनीहरूका इच्छाले केपी ओलीलाई फसाउन सक्दैनन् । माकुराको जालोमा भैँसी पर्दैन ।’

अध्यक्ष ओलीले ठुलठुला भ्रष्टाचारका काण्ड ओझेलमा पार्न एमाले र आफूतिर दोष लगाउने गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । केही दिनअघि एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सुन तस्करीमा संलग्न रहेको भन्दै एक वर्षभित्र पक्राउ पर्ने दावी गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -