शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

ड्युटीमा खटिएका इन्स्पेक्टरमाथि बन्चरो प्रहार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०८ भदाै । झापामा ड्युटीमा खटिएका प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका-९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरुण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् ।

- Advertisement -

उनीहरूले शिवसताक्षी नगरपालिका-९ झरना पुल नजिकै ड्युटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरी घाइते बनाएका थिए।

घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ । घाइते बनाएको अभियोगमा बिहीबार बिहीबार साँझ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

- Advertisement -

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम बरामद गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -