बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

ठुला-ठुला नेताहरूले नै युवालाई बेचेर खाने काम गरिरहेको छ : विप्लव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ भदाै । समाजवादी मोर्चाका नेता एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अन्तिम विद्रोहको आवश्यकता रहेको बताएका छन्।

- Advertisement -

शुक्रबार समाजवादी मोर्चाको बीरगन्जमा आयोजित सभामा बोल्दै उनले नेपालको दलाल पुँजीवादविरुद्धको अन्तिम विद्रोह आवश्यक रहेको बताए। उनले त्यो विद्रोहमा मधेसको साथ पनि चाहिने बताए।

उनले अहिलेको व्यवस्थाले जनताको चाहना पूरा नगरेको आरोप लगाए। ‘नेपालमा अहिले पनि श्रमिकहरू मारमा परेका छन्। दुई छाक टार्न पनि श्रमिक वर्गलाई धौधौ छ। त्यसैले नेपालमा श्रमिक जनताको व्यवस्था निर्माण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।

- Advertisement -

उनले नेताहरूले नेपाली युवाहरूलाई बेचेर खाडीमा पठाएको बताए। नेताहरूले गाउँगाउँमा म्यानपावर खोलेर युवाहरूलाई पैसा खोज्न मरुभूमिमा पठाइरहेको बताए। ‘नेपाल प्राकृतिकरूपले धेरै धनी छ, सम्पन्न छ। तर नेताहरूले हाम्रा युवाहरूलाई पैसा खोज्न मरुभूमि पठाउने काम गरिरहेको छ। नेताहरूले नै युवालाई बेचेर खाने काम गरिरहेको छ,’ उनले भने।

उनले समाजवादी मोर्चाको निर्माणपछि केही शक्तिहरू अतालिएको बताए। ‘मोर्चा आएपछि कयौंको निन्द्रा उडेको छ। देशभित्र र बाहिरबाट पनि घेराबन्दी हुने काम भइरहेको छ। तर हामी सानातिना घेराबन्दी र हस्तक्षेपबाट डराउँदैनौं,’ उनले भने।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -