बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

जसपाले केन्द्रीय नेताहरुलाई निर्वाचन निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने

सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ ।

- Advertisement -

३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरुलाई खटाउन लागिएको जसपाले जनाएको छ ।

सो क्रममा नेताहरुले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर संगठन विस्तारका कार्यक्रमहरु सञ्चालन गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

- Advertisement -

साथै नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्ताहरुलाई प्रशिक्षित गरिने छ । यस अवधिमा संगठनको अभिलेख संकलन र सदस्यता बितरण कार्यसमेत हुने उनले बताए । सोही बमोजिम पार्टीले आउँदो शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहहरुमा प्रशिक्षण कार्यक्रम गर्न लागेको पनि बस्नेतले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -