बीरगन्ज,८ भदौ – समाजावादी मोर्चाका संयोजक माधव कुमार नेपालले मोर्चा नेतृत्वको सरकार ५ बर्ष सम्म टिक्ने दावी गर्नु भएको छ । समाजवादी मोर्चाको मधेश प्रदेश कमिटिकको घोषणा सभालाई सम्बधोन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले मोर्चा सडक, संदन र स्थानिय पालिका सहितका ठाउँ जनताको विकासको लागि, समाजवादी क्रान्तिको लागि एक ढिका भएर अगाडी बढने बताउनु भयो ।
उनले हालको गठबन्धनको सरकार ५ सम्म चल्ने र यो बिषयमा शंका नगर्न मोर्चाका सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । जनताको त्याग तपस्या,वालिदानी एव जनआन्दोलनबाट प्राप्त उल्पधिको रक्षा गर्न मोर्चाको निर्माण भएको वहाँले बताउनु भयो ।
देशमा पटक संविधान बिगठन गर्ने संसद भगं गर्ने खेलहरु भएको सम्झिदै नेपालले त्यसलाई परास्त गर्न मोर्चाको आवश्यकता र औचित्य रहेको कुरामा जोड दिनु भयो । मोर्चाकै नेतृत्वमा विकास,न्यास,समृधि,लोकतन्त्रको जगलाई मजबुद गर्ने काम हुने नेपालले वताउनु भयो । उनले देशलाई समाजवादको बाटो लान पनि समाजवादी मोर्चाको काम रहेको बताउनु भयो । जनतालाई सुशासनको अनुभुती दिदै भ्रष्टाचारलाई निर्मुल पार्ने काम मोर्चाले गर्ने उनले बताउनु भयो ।
हालको सरकारले राम्रो कामको सुरुवात गरी सकेको बताउदै नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष समेत रहेका नेपालले त्यो भ्रष्टाचार विरोधी अभियान रहेको बताउनु भयो । अब त्यसलाई गाउँ गाउँ तथा स्थानिय स्तर सम्म लानु पर्ने वहाँले बताउनु भयो । कहाँ कहाँ भ्रष्टाचार भएको हो भन्ने बिषयमा जनतापनि सचेत हुनु पर्ने बताउँदै भ्रष्टाचार बिरोधी अभियानलाई जोडतोडका मोर्चाले अगाडी बढाउने नेपालले बताउनु भयो ।
उनको मोर्चाको एकताको बिषयमा जोड दिदै हामी पार्टी एकता सम्मको प्रयास गरी रहेको बताउँदै बिस्तारै पार्टी एकता गरेरै जाने समेत दावी गर्नु भयो । उनले मोर्चाको एकतामा बल भएको कुरा पछिल्लो पटक भएको उपनिर्वाचन देखि सकिएको बताउँदै बारा क्षेत्र नं. २ बाट मोर्चाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी बहुमतले जिताएको बताउनु भयो ।
बीरगन्जको नगर सभा गृहमा सम्पन्न भएको संदेश भेलामा जनता समाजवादी पार्टीका नेता लालबाबु राउत गदीको संयोजकत्वमा प्रदेश स्तरीय समाजवादी मोर्चाको घोषणा समेत गरिएको छ । मोर्चा समलग्न सबै दलबाट ३÷३ जना सदस्य रहने गरी गदीको संयोजकत्वमा मोर्चाको प्रदेश कमिटी घोषणा गरिएको छ ।