काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भरतपुर महानगरपालिका१० सप्तगण्डकी चोक बस्ने ३० बर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
दिउँसो साढे ४ बजेतिर नदीमा बेपत्ता भएका दुवैको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।