शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

ज्ञानेन्द्र शाहीका सहयोगी बताउनेले पत्रकारलाई धम्क्याए

सिफारिस

काठमाडौं । समाचारको विषयलाई लिएर नीतिन्यूज डटकममा कार्यरत पत्रकार शंकर तिवारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीका सहयोगी बताउने व्यक्तिले धम्की दिएको नेपाल पत्रकार महासंघले जनाएको छ।

- Advertisement -

महासंघ काठमाडौं शाखाका अनुसार भाद्र ६ गते बुधबार पत्रिकाको काम सकाएर घर फर्कदै गर्दा पत्रकार तिवारीलाई काठमाडौंको बिजुली बजारको पुलमा प्रतिनिधिसभा सदस्य शाहीको नाम लिँदै दुई जनाले धम्क्याएका थिए।

त्यसअघि जघन्य अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै प्रतिनिधिसभा सदस्य शाहीले समेत सामाजिक सञ्जालमार्फत सन्देश पठाएर धम्क्याएका थिए भने सहयोगी बताउनेले ‘जे पनि गर्न सक्छु’ भन्दै घरमै गएर धम्की दिएको शाखाले जनाएको छ।

- Advertisement -

‘समाचारको विषयमा कुनै गुनासो भए प्रेस काउन्सिल वा अन्य विद्यमान कानुनी उपचारको माध्यमबाट सल्टाउनुको साटो सार्वजनिक पदधारी व्यक्ति र उनका सहयोगीलगायतले गरेको यो हर्कत स्वतन्त्र पत्रकारितामाथिको ज्यादती हो’ महासंघले विज्ञप्ति प्रकाशित गरी भनेको छ,‘पत्रकारमाथिको यो ज्यादतीमा संलग्नलाई कानुनबमोजिम कारबाही गरी प्रेसको सुरक्षामा गम्भीर हुन प्रहरी प्रशासनसँग माग गर्दै महासंघ पत्रकारलाई धम्क्याएर स्वतन्त्र पत्रकारितामा आघात पुर्याउने कार्य बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ।

यसैबीच अनलाइन टिभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई अज्ञात व्यक्तिले फोन गरी ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ। भदौ ५ गते मंगलबार बेलुका ८ बजे कुनै पार्टीको कार्यकर्ता बताउने अज्ञात व्यक्तिले फोन गरी गोली हान्ने, खुकुरी प्रहार गर्ने, मार्नेलगायतको धम्की दिएको उपाध्यक्ष केसीले महासंघमा जानकारी गराएका थिए।
‘पेशागत धर्म निर्वाहका क्रममा चित्त नबुझेका विषयलाई कानुनी उपचारमार्फत टुंग्याउन सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको चुनौती दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तमा भनिएको छ, ‘महासंघ प्रेसलाई हतोत्साहित र त्रसित बनाउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -