बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

गाई हत्या गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याउन मधेसी आयोगको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१० भदाै । गाई-गोरु हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही गर्न मधेसी आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

- Advertisement -

आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई/गोरुको हत्या गरी सार्वजनिक रूपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरीत रहेको बताउँदै दोषीलाई तुरुन्त कानुनी कारबाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको हो ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात-जाति तथा धर्मका मान्छेहरूले सम्मान गर्नुपर्ने समेत बताएको छ । आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरीत कार्य गर्ने जो-कोहिलाई पनि यथाशीघ्र कारबाही गर्नुपर्ने कुरा माथि जोड दिएको छ ।

- Advertisement -

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुनसरी घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको र सो घटनाको दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले आवश्यक पहल गर्ने समेत बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -