शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

मिर्गौलाको पत्थरी निकाल्न अपरेसन गर्दा नसा काटेपछि बिरामीको मृत्यु

सिफारिस

काठमाडौं । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा मिर्गौलामा रहेको पत्थरी निकाल्न अपरेसन गर्ने क्रममा बिरामीको मृत्यु भएको छ।

- Advertisement -

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।

पत्थरी झिक्न अपरेसन गर्ने क्रममा अत्यधिक रक्तस्राव भएको थियो। पारिवारिक स्रोतका अनुसार चिकित्सकले मिर्गौला फाल्नुपर्ने बताएको र त्यसपछि फेरि अपरेसन गरिएको थियो।

- Advertisement -

त्यस क्रममा चौधरीको मृत्यु भएको हो। चौधरीका दुवै मिर्गौलामा पत्थरी थियो।
पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव हुँदा डाक्टरले पुनः अप्रेसन गरेर बायाँ मिर्गौला झिकिदिएको आफन्तको दाबी छ। आइतबार दिउँसो ३ बजे काका (चौधरी) को बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेको पत्थरी झिक्न अप्रेसन गरिएपछि मृत्यु भएको भतिजा राजकुमारले बताए।

तर, अप्रेसन गरेको करिब एक घन्टापछि अस्पतालको शय्यामा भेट्न जाँदा काकाले पेट दुख्यो भनेपछि डाक्टरलाई बोलाइएको उनले सुनाए। त्यसपछि डाक्टरले सुई लगाइदिनासाथ पेट फुल्न थालेको उनले बताए।

राती ८ बजेतिर काकालाई झनै गाह्रो भएपछि डाक्टरलाई जानकारी गराउँदा किड्नीको नसा काटिएकाले रगत बगेको बताएका थिए। सोही कारण काकाको किड्नी झिक्न डाक्टरले सल्लाह दिएपछि परिवार सहमत भएको भतिजा चौधरीले सुनाए ।

तर, किड्नीको अप्रेसन गरेपछि पनि काकाको स्वास्थ्य अवस्था झनै जटिल भएपछि आईसियुमा राखेर उपचार गरे पनि बचाउन नसकिएको उनले जनाए। काकाको मृत्युपछि अस्पतालका अध्यक्ष महेश जोशीले परिवारलाई चाहिने जति रकम दिने तर बाहिर हल्ला नगर्न भनेको भतिजा राजकुमारले दाबी गरे।

मृतकका आफन्तहरूले घटना छानबिन गरी लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्न माग गरेका छन्।

पीडित परिवारले सत्यतथ्य छानबिन माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टरविरुद्ध उजुरी दिन तयारी गरेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -