बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

जग्गामा रहेको हदबन्दी हटाउनु पर्छ : उद्योगमन्त्री रिजाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ भदाै । कृषिमा सुधार ल्याउनका लागि जग्गामा रहेको हदबन्दी हटाउनु पर्ने उद्योग उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले बताएका छन् । सानो आकारको जमिनमा कृषि गरेर उपलब्धि नहुने भन्दै हदबन्दी हटाउनु पर्ने बताएका हुन् ।

- Advertisement -

मन्त्री रिजालले अब पुरानो तरिकाबाट काम गरेर देशले अपेक्षित लाभ लिन नसक्ने बताएका हुन् । मन्त्री रिजालले भने, ‘२ कठ्ठा, ४ कठ्ठा, २ रोपनी ४ रोपनीमा कृषि कृषि कर्म गरेर देश कहिले पनि आत्मनिर्भर हुदैन । हामीले कृषिलाई उद्योगका रुपमा लैजान सक्यौं भने मात्रै कृषिमा आत्मानिर्भर हुन सक्छौं । हदबन्दी राखेर कृषिमा कहिले पनि प्रगति हुन सक्दैन, मत भन्छु कृषिमा जग्गाको हदबन्दी खुला गर्नुपर्छ।’

मन्त्री रिजालले थपे ‘रुग्ण उद्योगको कुरा गर्दा सरकारले व्यापार गर्ने होइन चाणक्यले पनि भनेका छन् ,’जिस देशका सरकार व्यापारी ती देशका जनता भिकारी ।’ व्यापार व्यावसायी गर्ने नीजि क्षेत्रले भएको मन्त्री रिजालको भनाई छ ।

- Advertisement -

‘सरकारमा बस्नेले सहजिकरण गर्ने हो । यो पैसा एता पनि अलिकति छरेको जस्तो उता पनि अलिकति छरेको जस्तो मन्त्री रिजालले भने, ‘यो मिलाउन खोज्दा हामीले हाम्रो प्रथामिकता नै बिर्सियौं।’ पुरानो शैलीलाई परिवर्तन गर्नुपर्छ । कतिपय कानुन त पञ्चायत कालमा नै बनेको छ । मानिसको सोचाई पनि यस्तै बनेको छ। यो सरकार आयो भने उसले जे गरे पनि समर्थन गर्नु पर्छ। अर्को आयो भने विरोध मात्रै गर्नुपर्छ। भन्ने नीति लिएर अघि बढ्न थालियो भने देशले कहिले पनि प्रगति गर्न सक्दैन ।

प्रधानमन्त्रीले ढुङगा गिट्टि बालुवा निकासीको लागि विषय उठाएको मन्त्री रिजालले बताए । तर बाहिर मिडियामा नकारात्मक विषय उठ्न थालिसकेको छ । चुरेलाई संरक्षण गरेर ढुङगा गिट्टी बालुवा झिक्नु पर्ने अवस्था छ । त्रिभुवन विश्वविद्यलयले पनि अध्ययन गरिसकेको दाबी मन्त्री रिजालको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -