शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

एमसीसीलाई लिएर समाजवादी मोर्चाभित्र विवाद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ भदाै । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद भएको छ ।

- Advertisement -

एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर प्रचण्डले एमसीसी कार्यन्वयनको चरणमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने जवाफ दिएका थिए ।

- Advertisement -

‘मोर्चा निर्माणका क्रममा नै हामीले समाजवाद र राष्ट्रिय स्वाधीनताको विषयलाई मुख्य बनाएका थियौं’, बैठकमा सहभागी नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले अनलाइनखबरसँग भने, ‘उहाँ (प्रधानमन्त्री) ले एमसीसी कार्यान्वयन घोषणालाई रोक्न नसकिने भनेपछि हामीले एमसीसी कार्यन्वयन पनि गर्ने, हामीसँग समाजवादी मोर्चामा पनि रहने कुराको तादम्यता मिलेन भन्यौँ । त्यसपछि आज धनगढीमा गर्ने भनिएको मोर्चाको सन्देश सभा पनि स्थगित भएको छ ।’

बैठकमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र स्थायी समिति सदस्य अनिल शर्मा उपस्थित थिए । उक्त बैठकमा मोर्चाका अध्यक्ष माधव नेपाल पनि सहभागी भएनन् ।

धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएकाे मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा अन्तिम समयमा आएर स्थगित भयो । माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले प्रधानमन्त्रीसहित माेर्चाका शीर्ष नेताकाे कार्य व्यस्तता कारण सभा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियाे ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -