शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

राहुल महरालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

सिफारिस

काठमाडौं । भेपमा लुकाएर सुन लुकाएर तस्करी गरेको प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

- Advertisement -

संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरुमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद पाएको हो।

विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करी अनुसन्धानका लागि सीआईबीले राहुललाई बुधबार पक्राउ गरेको थियो।

- Advertisement -

उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको थियो। प्रहरीले १० दिन समय मागे पनि ५ दिन मिलेको हो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -