बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

गैंडाकोटमा एक युवतीले आफ्नै शरीरमा लगाइन् आगो

सिफारिस

काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोटमा एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्। गैंडाकोट नगरपालिका(२ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन्।

- Advertisement -

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुकुल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

आगलागीबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। युवतीको शरीरको माथिल्लो भाग र अनुहार जलेको प्रहरीको भनाइ छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -