शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

सशस्त्र एसपी थपलियाको स्मृतिमा २ लाखको अक्षयकोष स्थापना गरिने

सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीले सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड घोषणा गरेको छ ।

- Advertisement -

थपलियाको स्मृतिमा पर्सा स्थित नं. १३ गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पेशागत रुपमा दक्ष, उच्च अनुशासन लगायतका पक्षलाई मुल्यांकन गर्दै प्रत्येक वर्ष एक जना अधिकृतलाई सो पुरस्कार प्रदान गरिने घोषणा गरे ।

यो अवार्ड आउँदो सशस्त्र प्रहरी बल दिवसदेखि प्रदान गरिने उनले बताए ।

- Advertisement -

१२ औं दिनको स्मृति कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले थपलियाको निधनपछि संगठनले एक जना कुशल र क्षमतावान अधिकृत गुमाएको बताए ।

यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग भेटमा वीरगञ्ज उद्योग वाणिज्य संघले थपलियाको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने घोषणा समेत गरेको सशस्त्र प्रहरीका डीएसपी एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -