आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

कांग्रेस र एमालेबीच मन्त्रालय...

काठमाडाैँ,३० असार । सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस...

बागमती सबैभन्दा बढी...

काठमाडौं,३० असार । पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका...

पर्साका १२ स्थानीय तह...

बीरगन्ज,३० असार । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि पर्साको २ वटा पालिकाले...

मधेशको बजेट छानबिन गर्न...

जनकपुर,३० असार । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन...
29.1 C
Kathmandu
37.2 C
Birgunj

टीट्वान्टी महिला विश्वकप छनोट : नेपालले बहराइनलाई १० विकेटले हरायो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शुक्रबार नेपालले बहराइनलाई १० विकेटले पराजित गर्‍यो ।

- Advertisement -

यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । शुक्रबारको खेलमा टस जित पहिलो ब्याटिङको निणर्य लिएको बहराइनले १५.४ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २.५ ओभरमै कुनै पनि विकेट नगुमाई जित हासिल गर्‍यो ।

नेपालका लागि ओपनर कविता कुँवरले अविजित १७ र सीता रानामगरले अविजित दुई रनको योगदान गरेका थिए । कविता कुँवरले १४ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको बहराइका ब्याटरहरुलाई नेपाली बलरले प्रारम्भदेखि नै दबाबमा राखेका थिए ।

- Advertisement -

Shivam Cement
बहराइनलाई सस्तोमा समेटन नेपाली टोलीकी बलर इन्दू वर्माले तीन विकेट लिएकी थिइन् । उनले चार ओभर बलिङ गर्दै दुई मेडन राखेर केवल पाँच रन खर्चिएकी थिइन् । खुसी डंगोलले दुई विकेट हात पारिन् ।

उनले १.४ ओभर बलिङ गर्दै एक रन पनि दिइनन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले पनि एक—एक विकेट हात पारे । बहराइनका लागि कप्तान दीपीका रसनगिकाले ११ रन बनाइन् । इशारा सुहुनले पाँच रन जोडेकी थिइन् ।

आशा सामिलदिनले पनि पाँच रन बनाइन् । ओपनर थारंगा गजानायके चार रनमै पेभेलियन फर्किइन् । पविथ्रा सेठ्ठी एक रनमा आउट भइन् । प्रजना जगदिशा, ओपनर रासिका रोड्रिगो, मनाल मलिक, अबिरा वारिस र सदामली भाक्सलाले खातासम्म खोल्न सकेनन् ।

अब नेपालले आइतबार भुटानको सामना गर्नेछ । त्यसपछि नेपालले मंगलबार कतार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

दुवै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार