काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा लगाएको गेरुवस्त्र र मुर्रा राँगाको संयोग नमिलेको टिप्पणी गरेका छन्।
शनिबार एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले राँगा लिन अरुलाई नै भारत पठाएको भए हुँदैन थियोरु भन्दै प्रश्न गरे।
‘अनि त्यो राँगा लिन अरुलाई पठाए हुँदैन थियो, प्रधानमन्त्रीले नै डोर्याउनुपर्छ तरु अब दिहाले त के गर्नु ? कस्तो नमिलेको,’ ओलीले कटाक्ष गर्दै भने, ‘गेरुवस्त्र लगाएको छ, मुर्रा राँगो तानेको छ। गेरु वस्त्र धारणमः, मुर्रा राँगो ताननमः’