शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

मेयर हर्क सम्पाङले आफु चढ्ने गाडी डेंगु बिरामीको लागि एम्बुलेन्स बनाए

सिफारिस

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले नगरपालिकाले दिएको गाडीलाई अहिले डेंगुका बिरामी ओसारपसार गर्ने एम्बुलेन्स बनाएका छन् । उनको गाडीले डेंगुका बिरामीलाई अस्पतालसम्म पुर्याउँछन् र घरसम्म ल्याउँछन् । साम्पाङ आफू भने बाइकमा चढ्छन् ।

- Advertisement -

साम्पाङ भन्छन्, ‘म यत्रो ठू्लो उपमहानगरको मेयर । म बाइकमा हिँड्छु । मेरो हेलमेट नै यहीँ छ (हेलमेट देखाउँदै) । मेरा लागि हिँड्ने गाडी त डेंगुको एम्बुलेन्स बनाएको छु । कोही बिरामी पर्यो भने त्यो गाडीले अस्पताल पुर्याउँछ र घर ल्याउँछ । अनि यसरी हिँड्ने मान्छेको आलोचना गर्नु कति न्यायोचित होला ? कतिले भन्छ, यो मेयर भएन । अनि मेयर चाहिँ कस्तो खालको चाहिएको हो त ?’

साम्पाङ आफू कर्मयोगी भएको र आफूलाई कसैले घमण्डी भन्नुमा व्यक्तिगत स्वार्थका कारण रहेको बताउँछन् । जुन स्वार्थलाई पूरा नगरेका कारण आफूलाई घमण्डीको ट्याग लगाइदिने गरेको साम्पाङको दाबी छ । उनी भन्छन्, ‘हामी त व्यक्तिगत स्वार्थभन्दा पनि आम जनतामा जाने होला ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -