मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...

खोलाले बगाएर बेपत्ता ...

त्रिशूली,०१ असाेज । दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन पर्नुपूर्व स्नान गर्ने...

वीरगन्जबाट ब्राउन सुगरसहित...

वीरगन्ज, १ असोज । वीरगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ...
26.1 C
Kathmandu
32.5 C
Birgunj

बालेनको सचिवालयले भन्यो- मेयरपत्नी सवार गाडीलाई ट्राफिकले अनावश्यक केरकार गर्दै थुन्ने धम्की दिए !

सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक शैलीमा लेखेको फेसबुक स्टाटसलाई लिएर उत्पन्न विवादका विषयमा स्पष्टीकरण दिएका छन् ।
शनिबार राति संघीय सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने धम्की दिएका मेयर शाहले आइतबार सचिवालयमार्फत स्पष्टीकरण सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा सुत्केरी पत्नी सबिना काफ्ले सवार सरकारी गाडीलाई रोकेर ट्राफिक प्रहरीले धम्की दिएको दाबी गरेका छन्।

- Advertisement -

शनिबार बेलका ७ बजे सविना सरकारी गाडीमै चढेर मेडिसिटी अस्पतालको एनआईसीयुमा रहेकी नवजात छोरीलाई स्तनपान गराएर फर्किँदा कोटेश्वर चोकमा रोकेर धम्की दिएको दाबी गरेका हुन्।

शाहले सुत्केरी काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा सरकारी गाडी चढेको पनि जिकिर गरेका छन्।

- Advertisement -

कोटेश्वरमा गाडी रोकेपछि सवारी चालकले परिचयपत्र देखाउनुका साथै सार्वजनिक बिदाका दिन प्रयोग गर्न पाइने परमिट पनि रहेको बताएको उनले उल्लेख गरेका छन्।

आपतकालीन अवस्थाबारे जवाफ दिँदा पनि मैले चाहे भने यतै राख्न सक्छुु भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने ट्राफिक प्रहरीको आचरणमा पनि उनले प्रश्न उठाएका छन्

‘सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे’, शाहको सचिवालयले भनेको छ, ‘नगर प्रमुखसहितको परिचय खुलाएपछि प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’

शाहले ट्राफिक प्रहरीले सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी ‘ढोका खोल’, के होरु कहाँ होरु यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी काफ्लेलाई अनावश्यक केरकार गरेको जिकिर गरेका छन्।

‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ’, उनले भनेका छन्।

उनले सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आमनागरिक विश्वस्त हुनुपर्ने पनि बताएका छन्।

‘प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ। कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो’, उनले भनेका छन्।

कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको तर्क शाहको छ।

‘आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहे भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ’, उनले भनेका छन्, ‘यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौँ।’

शाहले ट्राफिक प्रहरीको आचरणमा पनि प्रश्न उठाएका छन्। ‘पटक पटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको कुरा सर्वविदितै छ। तर पनि सम्बन्धित निकायबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न कोही कहिले अग्रसर देखिएन’, उनले अगाडि भनेका छन्, ‘यसर्थ, गलत आचरण भएका केही प्रहरीमाथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइ राख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्न चाहन्छौँ।’

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार