सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

गढीमाई मन्दिरको प्राङ्गणमा विवाह...

वीरगन्ज, ३१ भ्दौ । बारा जिल्लाको महागढीमाई नगरपालिका बरियातपुरस्थित गढीमाई मन्दिरको प्राङ्गणमा विवाह...

नेप्से ५७ अंकले घट्यो

काठमाडौँ,३१ भदाै । सोमबार सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आयो...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले...

विराटनगर,३१ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत...

नेपालको शिर ढल्ने र...

काठमाडौँ,३१ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र ...
26.1 C
Kathmandu
27.3 C
Birgunj

जबर्जस्ती करणीको आरोपमा कार्यालय प्रमुख पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो । पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । जिल्ला अदालत चितवनमा आज मिति थप गरी अनुसन्धान अघि बढाइएको छ ।

गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भपतन गराउँदा महिलाको अवस्था गम्भीर भएपछि घटना बाहिर आएको हो । ती महिलाको अहिले भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

- Advertisement -

स्थानीय क्लिनिकमा गर्भपतनका क्रममा अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको हो । अस्पतालमा क्लिनिककै चिकित्सकले पु¥याएपछि आफन्त नआउँदा सोधखोज गर्ने क्रममा घटनाको वास्तविकता बाहिर आएको हो । नवलपरासीको सुनवल नगरपालिका–१२ निवासी ४४ वर्षीय भण्डारी अधिकृत स्तरका कर्मचारी हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार