काठमाडौं,१९ भदाै । एसिया कप अन्तर्गतको प्रतियोगितामा भारतसँग पहिलोपटक खेलेको नेपाली टोलीका उत्कृष्ट खेलाडीहरुलाई भारतका स्टार खेलाडी र मुख्य कोचले मेडलसहित सम्मान गरेका छन् ।
सम्मान गरिएको भिडियो क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले सार्वजनिक गरेको छ । यो भिडियोलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले पनि ट्वीटरमा पोस्ट गरेको छ ।
भिडियोमा हिजोको खेलमा राम्रो प्रदर्शन गर्ने नेपाली अलराउण्डर सोमपाल कामीलाई भारतीइ अलराउण्डर हार्दिक पाण्ड्याले मेडल लगाएर सम्मान गरेका छन् ।
यस्तै हिजोको खेलमा अर्धशतकसहित नेपालको लागि सबैभन्दा धेरै रन बनाउने विकेटकिपर ब्याटर आसिफ शेखलाई भारतीइ स्टार ब्याटर तथा पूर्वकप्तान विराट कोहलीले सम्मान गरेका छन् ।
नेपाली टोलीका लागि ब्याट, बल र फिल्डिङमा समेत राम्रो प्रदर्शन गरेकोमा नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई भारतीइ टोलीका मुख्य कोच राहुल द्रविडले सम्मान गरेका छन् ।