शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग सीआईबीले लियो बयान

सिफारिस

काठमाडौँ ।  ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ । सीआईबीको अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर बयान लिएका हुन्  ।

- Advertisement -

सुन तस्करीमा मुछिएका अन्यसँग उनको पनि सम्पर्क देखिएपछि बोलाएर बयान लिइएको सीआईबी स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई सीआईबीले सोमबार बयान लिएको हो ।

- Advertisement -

राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो ।

सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो । आफूले अनुसन्धानको जिम्मा पाएसँगै सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ ।

यो प्रकरणमा २६ जना पक्राउ परिसकेका छन्  । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -