बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
27.1 C
Kathmandu
37 C
Birgunj

नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने सम्झौता भारत सरकारबाट अनुमोदित

सिफारिस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा भारत भ्रमणका बेला भएको १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतालाई भारत सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

- Advertisement -

प्रधानमन्त्री नरेन्द्रभाइ मोदी नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको हो।

नयाँ दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको बताए। भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली खरिदका विषयमा थप अध्ययन र गृहकार्य थालिने उनको भनाइ छ।

- Advertisement -

प्रचण्डको भारत भ्रमणका बेला दुवै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरुण निर्माणका लागि एमओयू भएको थियो। यस्तै, गोरखपुर–भैरहवा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरिएको घोषणा दुवै देशका प्रधानमन्त्रीले गरेका थिए।

नेपालले बर्खायाममा भारतमा बिजुली बेच्दै आएको छ भने हिउँदमास उताबाट किन्दै आएको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार