काठमाडौं । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमबार राजविराज नगरपालिका– ७ बाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले आज अदालतमा पेश गरेको थियो ।
अदालतले सांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेसँगै उनलाई थुनामा लगिएको छ ।
- Advertisement -
१६ वर्षअगाडि माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो । चौधरीको हत्या मुद्दामा यादवलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।