मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...

खोलाले बगाएर बेपत्ता ...

त्रिशूली,०१ असाेज । दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन पर्नुपूर्व स्नान गर्ने...

वीरगन्जबाट ब्राउन सुगरसहित...

वीरगन्ज, १ असोज । वीरगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ...
26.1 C
Kathmandu
32.5 C
Birgunj

कुटपिटको घटनामा समलग्नहरु पक्राउ गर्न प्रहरीको आनाकानी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१९ भदौ – पर्साको बहुदरमाई गाउँपालिकाका एक युवकले आफुलाई प्रहरीले पिडा दिन खाजेको आरोप लगाएका छन् । पर्साको बहुदरमाई गाउँपालिका वडा नं. ९ बिश्रामपुर निवासी युवक धुरेन्द्र कुमार कुशवाहाले आफु माथी ज्यान मार्ने हिसावले हमला भएको बताउँदै प्रहरीले पिडकहरुलाई पक्राउ गर्न आनाकानी गरेको आरोप लगाएका छन् ।

- Advertisement -

उनले आफ्नै घरमा सम्पतिको लोभमा सहोदर दाजुभाईले हमला गरी घाइते बनाएकोमा प्रहरीले हाल सम्म उनीहरुलाई पक्राउ नगरेको दुखेसो पोखेका छन् । उनले घरमा वसी रहेको वेला अचानक आफु माथी सघातिक हमला भएको बताए । उनले आफ्नो टाउँकोमा गम्भीर चोट लागेको नेपाल पोष्ट डेलीलाई बताए ।

आफ्नै भाईहरु बिक्रम भन्ने दिपेन्द्र कुशवाहा र कृष्णा भन्ने धमेन्द्र कुशवाहाले आक्रण गरेको उनको भनाई छ । उनीहरुले वासको फटाले हान्दा आफ्नो टाउँको फुटेको एवं टाउँकोमा ६ वटा टाका लागेको कुशवाहाले वताए ।

- Advertisement -

घटनाको बिषयमा प्रहरीमा जाहेरी दिदा पनि हाल सम्म नेताहरुको दवावमा उनीहरुलाई पक्राउ नगरिएको कुशवाहाले बताए । घटना भएको हप्तौ बिति सक्दा समेत प्रहरीमा कुनै सुनवाई नभएको एवं प्रहरीले मुद्दा दर्ता गर्न समेत नमानेको उनले बताए ।

पैत्रिक सम्पतीबाट मिलेको जग्गा र श्रीसम्पतीको हिसाव गर्दा आफ्नो अंशमा ४ करोड सम्मको पर्ने हुँदा त्यो सबै सम्पतीको लोभ कारण भाईहरुले आफ्नो हत्या गर्न खाजेको उनले बताए । कुटपिट गर्नेहरु बीरगन्जमै काम गर्ने गरेको र दिनहुँ गाउँमा ओहोर दोहोर गर्ने गरेको भएपनि प्रहरीले पक्राउ नगर्नु पछाडी केहि रहस्य रहेको उनले बताए ।

यता प्रहरीका अनुसार कुटपिटको घटनामा समलग्न रहेको व्यक्तिहरु फरार रहेको कारण पक्राउ गर्न नसकिएको वताउँदै झगडा समान्य रहेको कारण छलफल गराएर टुङ्गयाउने प्रयास भएको बताए । घटनाको जाहेरी परेकै दिन स्थानिय प्रहरीलाई आरोपीहरुलाई पक्राउ गरी उपस्थित गराउँन पत्रचार गरि सकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार