शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छ : कुलमान घिसिङ

सिफारिस

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्र आउनुपर्ने बताएका छन्।

- Advertisement -

बुधबार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सो कुरा बताएका हुन्। उनले विद्युतीय सवारी साधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारको लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गरे।

‘सरकारले चार्जिङ स्टेसनहरु यात्रा गर्दा सहज हुने गरी बनाउनको लागि निजी क्षेत्रलाई ल्याउनको लागि नीति बनाउन लागिएको छ। बोर्डले निजी क्षेत्रलाई सहज रुपमा ल्याउनको लागि नीतिहरु संशोधन गर्दैछ। निजी क्षेत्र आउनुपर्छ,’ उनले भने, ‘प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमर देखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेका छौं। जग्गा र चार्जिङ स्टेशन भयो निजी क्षेत्रलाई अरु सेविधाहरु प्राधिकरण लगानी गर्छ।’

- Advertisement -

निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताए। उनले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत् सप्लाईको साइटमा लगानी गरिरहेको उल्लेख गर्दै जग्गा र चार्जिङ स्टेशन लगानी गरे अरु सेविधाहरुमा प्राधिकरणले लगानी गर्ने प्रतिवद्धता जनाए।

निर्देशक घिसिङले विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशनको एक साथ उद्घाटनले देशभर विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सहयोग पुग्ने पनि बताए।

‘विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशन उद्घाटन गरेको छ। यसले देशभर विद्युतीय सवारी साधनको प्रमोसन हुने छ। भइरहेको पनि छ। अहिले माईक्रो बस तथा ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु धेरै आएको छ। चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न राम्रो व्यवस्था हुनेछ। चार्जिङ स्टेशनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिब १५ देखि २० गुणा सस्तो छ,’ उनले भने, ‘अप्रेसन कष्ट शुन्य छ भने ६ हजार डिजेल पेट्रोल लाग्ने ठाउँमा ४ सय रुपैयाँले पुग्ने अवस्था आउँछ। नेपालको विद्युत नेपालमा नै खपत हुन्छ। पेट्रोलियम पदार्थको आयातलाई घटाउँछ। व्यापारघाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने छ।’

पछिल्लो समय माईक्रो बस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उनको भनाइ छ। घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने उल्लेख गरे।

उनले विद्युतीय सवारी साधनको प्रवर्द्धनले नेपालको विद्युत नेपालमा नै खपत हुने पनि बताए।

उनले विद्युतीय सवारी साधनको विकाससँगै पेट्रोलिय पदार्थको आयात कम हुने, व्यापारघाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने उल्लेख गरे। उनले आगामी दिन नेपालको ग्रिन ऊर्जामा रुपान्तरण भएर नेपालको अर्थतन्त्रलाई राम्रो योगदान पुग्ने अपेक्षा रहेको बताए।

उनले प्रधाधिकरण अझै ११ वटा थप विद्युतीय चार्जिङ स्टेसन विस्तार गर्ने पनि बताए।

‘आगामी दिन नेपालको ग्रिन इनर्जि कन्भर्सन हुँदैछौं। यसले नेपालको अर्थतन्त्रलाई राम्रो योगदान गर्नेछ। ५१ वटा चार्जिङ स्टेशन शुरु गरेको दुई वर्ष भयो। प्रधाधिकरण ११ वटा थप गर्दैछौं,’ उनले भने।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -