बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२१ भदाै । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।

- Advertisement -

सर्वोच्च अदालतको आदेश बमोजिम शीघ्र सुनुवाइमा परेको यो मुद्दामा अन्य कुनै आदेश नभए बिहीबार हेर्दाहेर्दैमा रहने सम्भावना छ । अन्तिम सुनुवाइ हुने भएकाले धेरै अधिवक्ताहरूको वकालत नामा परेको कारण बिहीबार सुनुवाइ सकिने सम्भावना न्यून छ । बिहीबार सुनुवाइ नसकिएमा हेर्दाहेर्दैमा राखेर उक्त मुद्दा शुक्रवार सुनुवाइ हुनेछ ।

यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो । भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भई २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

- Advertisement -

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २५ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो
Hamroo patro

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -