शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

गृहमन्त्रीलाई गगन थापाको प्रश्न – के अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ?

सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सह–महामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्री सँग जवाफ मागेका छन् । थापाले बिहीबार बसेको संसद् बैठकमा विषय समय लिएर बोल्दै यादवमाथिको आक्रमण प्रकरणमा गृहमन्त्री र प्रधानमन्त्रीसँग जवाफ मागेका हुन्।

- Advertisement -

‘महेन्द्र यादवले कसैलाई मन नपरेका कुरा बोल्दैमा आक्रमण गर्न मिल्छ ? हामी हिंसा जायज भन्ने कुरामा लाग्छौँ भने यो गलत छ। समाजवादमा असन्तुष्टि छ तर हिंसालाई प्रोत्साहन दिन पाइँदैन’, उनले भने, ‘हामी धेरै संघर्ष र सकसबाट बाहिर आएका हौँ। असन्तुष्टिलाई सम्बोधन गर्नेभन्दा अराजकत मच्चाउने काम भइरहेको छ।’

थापाले मान्छे मर्‍यो भन्ने चिन्ता भन्दा काल पल्क्यो भन्ने कुरा ठूलो भएको बताए।

- Advertisement -

‘यस्ता अराजकतालाई बढावा दिँदा समाजले ठूलो मूल्य चुकाउनुपर्छ। म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ?’, उनले भने, ‘कोही जलाइदिन्छु भन्छ, कोही धम्की दिन्छ। हामी एक्लै हिँड्न नहुने भइसकेको हो ? प्रधानमन्त्रीले ठाउँ ठाउँमा बोलेको सुनिरहेको छु, यसलाई छाडिने छैन भनेर, जिम्मा लिनेले बोल्ने होइन काम गर्ने हो। हामीलाई परिणाम चाहिएको छ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -