शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति र शपथ आजै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,२२ भदाै । सर्वोच्च अदालतको बिहीबारको परमादेशले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार नै मुख्यमन्त्री नियुक्त हुने भएका छन् । उनले आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिने भएका हुन् ।

- Advertisement -

सर्वोच्चको आदेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा (३) को मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठका अनुसार मुखमन्त्री नियुक्ति र शपथ शुक्रबार साँझ ६ बजे हुने गरि समय तय भएको जानकारी दिए ।

बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उद्धव थापालाई दोस्रो पटक मुख्यमन्त्रीबाट पदमुक्त गर्दै एमाले संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेत दिएको थियो ।

- Advertisement -

सर्वोच्चकाे १५ पेज लामो उक्त फैसलाको संक्षिप्त आदेश शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा इमेलमार्फत पुगेको थियो । सर्वोच्चकै आदेश अनुसार प्रदेश प्रमुख खापुङ्गले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

प्रदेशको कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म सो अवस्थामा राखिरहनु उचित नदेखिएकोले प्रस्तुत आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद् गठन गर्नु गराउनू भनी प्रत्यार्थी कोशी प्रदेश प्रमुखसमेतका नाउँमा परमादेश समेत जारी गरिएको छ’ भनि उल्लेख छ ।

उपधारा (३) मा ‘प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।

त्यसरी नियुक्त हुने मुख्यमन्त्रीले पनि उपधारा (४) अनुसार नै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । जुन व्यवस्थाका कारण मुख्यमन्त्री कार्कीलाई पनि सरकार टिकाउन चुनौती देखिन्छ ।

प्रदेश सभाको दोश्रो निर्वाचनपछि बनेको पहिलो सरकारको पाँच महिना नेतृत्व गरेका कार्की गत असार १५ मा विश्वासको मत पाउन नसकी पदमुक्त भएका थिए । उनी पुष २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -