बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

बिदाकाे दिन सरकारी गाडीको दुरुपयोग:युवा संघले सिडिओको गाडीपनि नियन्त्रणमा लियाे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२३ भदाै । वीरगन्जमा बिदाको दिन अनुमति नलिई चली रहेका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । शनिवार बिदाको दिन इजाजत नलिएर चलाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीसमेतको गाडीलाई राष्ट्रिय युवा संघ नेपालका नेतादकार्यकर्ताले नियन्त्रणमा लिएका हुन् ।

- Advertisement -

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा शनिवार बिदाको दिन चेकजाँचमा कडाइ गरी सरकारी सवारी साधन नियन्त्रणमा लिइएको राष्ट्रिय युवा सं पर्साका अध्यक्ष मोहम्मद निजामले जानकारी दिए । उनकाअनुसार प्रमुख जिल्ला अधिकारीको गाडीसहित ३ वटा च पाङ्ग्रे गाडी र ४० वटा मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरीको जिम्मा लगाइएको हाे।

वीरगन्जको घण्टाघरबाट नियन्त्रणमा लिइएका सवारी साधन बेलुका ५ बजेपछि मात्रै छोडिने युवा संघ वीरगन्ज महानगरका अध्यक्ष अमिर खानले बताए । प्रमुख जिल्ला अधिकारीको गाडी भने पास लिएर आउने सर्तमा फिर्ता पठाइएको उनले बताए।

- Advertisement -

बिदाको दिन पनि सरकारी सवारी साधन दुरुपयोग हुने गरेको पाइएपछि युवाहरूले खबरदारी स्वरूप सवारी साधन नियन्त्रणमा लिने अभियानको थालनी गरिएको राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष निजामले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -