शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

बाढी-पहिरोबाट ३ राजमार्ग अवरूद्ध, ५५ सडक एकतर्फी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,२४ भदौ –  अविरल वर्षसँगै आएको बाढी–पहिरोबाट देशका ३ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध भएका छन्। बनढी पहिरोका कराण विभिन्न राजमार्ग ५५ स्थानमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले जनाएको छ ।

- Advertisement -

विभागले दिएको जानकारी अनुसार हाल तानसेन(रिडी(कोरला सडक पहिरोका कारण अवरूद्ध छ। त्यस्तै तमोर करीडोरअन्तर्गत चतरा(मुलघाट(माझीटार(अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवाखोलामा अवरुद्ध रहेको छ। पाँचथरको हेवाखोलामा गत असार ४ गतेको भेलबाढीले सडक कटान गरेपछि उक्त सडक सञ्चालनमा आउन सकेको छैन।

सडक विभागले पुष्पलाल मध्यपहाडी राजमार्ग खोटाङमा अवरूद्ध रहेको बताएको छ। हलेसी नगरपालिकाले उपकरण प्रयोग गरेर सडक सञ्चालनको प्रयास गरिरहेको पनि विभागले जानकारी दिएको छ।

- Advertisement -

डुम्रे–बेशीसहर–चामे जोड्ने कोशी राजमार्गअन्तर्गतको सडक एकतर्फी रहेको विभागले बताएको छ। त्यस्तै देशभर विभिन्न स्थानका सडक भएको क्षतीका कारण एकतर्फ मात्र सञ्चालन भइरहेको छ । मनसुनजन्य गतिविधि सुरू भएयता २९ वटा राजमार्गको २ सय ७२ स्थानमा अवरूद्ध भएयता २ सय १४ ठाउँमा दुवैतर्फ सञ्चालनामा आइसकेको छ।

यस वर्षको बाढी–पहिरोले राजमार्गहरूमा ३९ करोड ६६ लाख ५० हजार रूपैयाँ बराबर क्षति पुर्‍याएको विभागले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -