शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

ललिता निवास प्रकरणमा भाटभटेनीका मालिक मीनबहादुरसँग २ करोड ४६ लाख धरौटी माग

सिफारिस

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले सबैभन्दा बढी धरौटी भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसँग माग गरेको छ।

- Advertisement -

न्यायाधीश भोलानाथ ढकालको इजलासले अभियोगपत्रमा मुख्य योजनाकार देखाइएका गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको हो।

उनीसँगै पक्राउ गरेका अन्यलाई भने बढीमा १५ लाख धरौटी माग गरिएको छ। कलाधर देउजा र विनोद पौडेलसँग अदालतले १५/१५ लाख धरौटी माग गरिएको हो।

- Advertisement -

लोकहरी घिमिरे, अरुणकुमार श्रेष्ठ, नारायणराज मिश्र, योगराज पौडेल, गोपाल कार्की, घमनकुमार कार्की, बालकृष्ण श्रेष्ठ र रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजारका दरले धरौटी माग गरिएको छ।

यस्तै, शिवजी भट्ट, ध्रुबप्रसाद अर्यालसँग ३ लाख ५० हजार र सञ्जयकुमार महर्जन, सकलानन्द महर्जन, देवनारायण महर्जन, बाबुराजा महर्जनसँग १ लाख १० हजार रुपैयाँका दरले धरौटी माग गर्ने आदेश भएको छ।

यो मुद्दामा मृतक २१ सहित ३ सय १० जनालाई प्रतिवादी बनाइएको भएपनि अन्य फरार छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -