बीरगन्ज,२५ भदौ – राष्ट्रिय क्रिकेट टिममा चर्चित खेलाडी आसिफ शेखमाथी हाल सम्म प्रहरी वृत्त कालिमाटीमा कुनै किसिमको उजुरी परेको छैन् । महानगरीय प्रहरी वृत्त कालिमटी काठमाडौंका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बाहिर भनिए जस्तो अहिले सम्म प्रहरी वृत्त कालीमाटीमा शेख माथी कुनै किसिमको उजुरी परेको छैन् ।
उनले उजुरी लेखि सही सनाखत गरेको उजुरीको कपी फेसबुक मार्फत बाहिर आएको सुनिएको तथा धेरैले कार्यालयमै सम्पर्क गरेर सोधेको भएपनि उजुरी भने दर्ता नभएको बताए ।
शेख एसिया कप क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरी थप चर्चाको शिखरमा पुगी रहेको बेला तीन जना युवतीहरुले यौन शोषण गरेको आरोप लगाएको हस्त लिखित उजुरी कपी फेसबुकमा भाइरल बनेको छ । युवतीहरुले लेखेको उजुरी पत्र कालीमाटी प्रहरी बृतकै नामा रहेको छ ।
तर बाहिर आएको कुराहरुको महानगरीय प्रहरी बृत कालिमाटीका प्रहरी नायब उपरीक्षक अधिकारीले खण्डन गरेका छन् । उनले हाल सम्म शेख बिरुद्ध कुनै उजुरी नपरेको नेपाल पोष्टलाई बताए । घटनाको बिषयमा नेपाल क्रिकेट संघ (क्यान) अथवा आसिफ शेख आफैले पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।
फेसबुकमा भाइरल बनि रहेको उजुरी कपीमा समेत दर्ता नम्बर उल्लखे नभएको स्पष्टै देखिन्छ । बीरगन्जमा आसिफ शेखका फ्यानहरुले उनलाई बदनाम गर्न झुठा प्रचारबाची गरिएको दावी गरेका छन् । एसिया कपमा आसिफले गरेको व्यटिङ्गको सर्वत्र चर्चा भइरहेको बेला उनी माथी झुठा आरोप लगाएर बदनाम गराउन खोजिएको समर्थहरुको भनाई छ ।