शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

अमेरिका जाने प्रधानमन्त्रीको टोलीमा बढीमा १० जना हुने

सिफारिस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण टोली घटाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्क जाने टोलीमा आफ्नो सचिवालयबाट सुरक्षाकर्मीसहित ५ जना मात्रै राख्न मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका छन्।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जना जाने तय भएको थियो ।

- Advertisement -

जसमा प्रधानमन्त्रीको कार्यालय र सचिवालयका मात्रै १० जना बढी थिए। तर अब त्यो सूचीबाट आधाभन्दा धेरैको नाम हटाएर टोलीलाई सानो बनाइएको छ।

देशको आर्थिक अवस्थाका कारण खर्च कटौती गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले ५ जनाको मात्रै टोली बनाउन मुख्यसचिव अर्याललाई सोमबार निर्देशन दिएका हुन्।

- Advertisement -

‘बाहिर चलेको चर्चा २४ जनाको थियो। त्यसमा आधाभन्दा पनि कमको टोली हुनेछ’, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्री, स्वकीय सचिव, दुईजना सुरक्षाकर्मी, फोटोग्राफरसहितको टोली एउटामा हुनेछ। त्यस्तै परराष्ट्रमन्त्रीको टोलीमा पनि त्यति नै संख्या हुनेछ।’

परराष्ट्रमन्त्री एनपी साउद संयुक्त राष्ट्रसंघीय महासभाका लागि मंगलबार नै न्युयोर्क प्रस्थान गर्दैछन्।

प्रधानमन्त्री प्रचण्डले नेतृत्व गर्ने २७ जनाको टोलीमा यसअघि प्रमुख सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार शंकरदाश बैरागी, मुख्यसचिव बैकुन्ठ अर्याल, प्रेस सल्लाहकार गोविन्द आचार्य, नीजि चिकित्सक डा. युवराज शर्मासहित चार जना सहसचिव पनि थिए।

यीमध्ये अधिकांश नाम कटाएर अब एकजना स्वकीय सचिव र २ जना सुरक्षाकर्मी सहित ५ जनाको टोली मात्रै प्रधानमन्त्रीसँग न्युयोर्क जाने भएको छ।

मुख्य सचिव वैकुण्ठ अर्यालले प्रधानमन्त्रीको भ्रमण टोली सकेसम्म सानो बनाउने कुरामा छलफल भएको बताए। मुख्यसचिव अर्यालले नै भ्रमण टोलीको सूची मंगलबार प्रधानमन्त्रीलाई बुझाउँदैछन्।

राष्ट्रसंघीय महासभाका साइडलाइन बैठकहरूमा समेत सहभागी हुनु पर्ने भएकाले परराष्ट्रमन्त्री एनपी साउद परराष्ट्रसचिव पौड्याललाई लिएर मंगलबार नै न्युयोर्क जाने भएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -